Trending

तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टी भएको विस्फोटमा परी ११ जनाको मृत्यु

1.4kViews
0 Shares

काबुल, २६ जेठ । अफगानिस्तानको बदख्सान प्रान्तका पूर्व डेपुटी गभर्नरको अन्त्येष्टि स्थल नजिकै भएको विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।

टोलो न्युजका अनुसार बदख्सानको फैजाबादस्थित नवाबी मस्जिदमा भएको सो विस्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीहरुको अझै पत्ता लाग्न सकेको छैन ।

गत मङ्गलबार बिहान भएको आत्मघाती हमलामा बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको मृत्यु भएको थियो, सो गर्भनरको अन्त्येष्टीमा सहभागी हुन पुगेकाहरुलालाई लक्षित गरी सो बिष्फोट गराउँदा थप ११ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार बिहीबार अहमदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू सहभागी थिए। अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरका अनुसार बिहीबार नबावी मस्जिद नजिकै भएको विष्फोटमा एक पूर्व तालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० भन्दा बढी घाइते भएका छन्।

टकोरले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे । सञ्चार तथा संस्कृति विभागका एक अधिकारीले बिहीबार भएको विस्फोटमा बागलानका पूर्व प्रहरी प्रमुख सफिउल्लाह समीमको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म कुनै पनि आतंकवादी संगठनले सो आक्रमणको जिम्मेवारी लिएको छैन। मंगलबार भएको कार बम विष्फोटको जिम्मेवारी सशस्त्र समूह आईएसआईएलले लिएको थियो । सो विष्फोटपछि तालिबान सुरक्षा बलले आईएसआईएलका सदस्यहरू विरुद्ध कारबाही तीव्र पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय