Image

तनहुँमा कान्छीमाया बनिन् पहिलो महिला वडाध्यक्ष

काठमाडौं, २ जेठ

यसपालिको स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे ।

वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा  सावित्रि सुनारले ७५१ मत ल्याएर विजयी भएका छन् ।

यसपालि भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा हालसम्म वडाध्यक्षमा निर्वाचित हुने कान्छीमाया पहिलो हुन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा वडाध्यक्ष बन्नलाई ४०८ जनाले उम्मेद्वारी दिएकामा महिला १७ जना मात्र छन् । तिमध्ये जित हासिल गर्ने उनी पहिलो हुन् ।

२०६२ सालदेखि परिवर्तनशील महिला सामुदायिक विकास संस्था सञ्चालन गरेकी उनले विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै महिला सशक्तिकरणलाई जोड दिदै काम गर्ने बताइन् । ‘युवाहरूसँग मिलेर काम गर्ने योजना छ । पशुपालन र कृषिलाई व्यावसायीकरण गर्नेछु’, उनले अगाडी थप्दै भनिन्, ‘सुकुम्बासीको समस्या समाधान गर्न विशेष पहल गर्नेछु ।’

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लाको ऋषिङ गाउँपालिका–८ मा नेपाली कांग्रेसकी भविसरा आलेले निर्वाचित भएकी थिइन् ।

भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।  छ हजार २२८ मत गणना हुदाँ भानुको मेयरमा नेपाली कांग्रेसका आनन्द राज त्रिपाठी एक हजार ६८१ मतान्तरले अगाडी छन् ।  उपमेयरमा कांग्रेसकी उमा गोतामे दुई हजार १०६ मतले अगाडि छन् ।

त्रिपाठीले तीन हजार २०७ मत पाएका छन् । नेकपा एमालेका सिताराम बगजाईंले एक हजार ५२६ मत पाएका छन् । उपमेयरमा गोतामेको दुई हजार ७९२ मत आएको छ । एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेद्वारी दिएका केशरबहादुर गुरुङको ६८६ प्राप्त भएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *