• Home
  • Uncategorized
  • डा. हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग
Image

डा. हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग

लमजुङ, ११ चैत

भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।

डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका-७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले डा. हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले बताए ।  गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *