• Home
  • ताजा समाचार
  • डा. पाठक भन्छन्- मतदाताकाे उत्साहजनक माया पाएँ, फेरि अपेक्षा गरेकाे छु
Image

डा. पाठक भन्छन्- मतदाताकाे उत्साहजनक माया पाएँ, फेरि अपेक्षा गरेकाे छु

काठमाडौं, ३० कात्तिक

बागलुङ १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सूर्य पाठकले घरदैलाेमा जाँदा मतदाताबाट उत्साहजनक माया र प्रतिक्रिया पाएकाे बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले दाेस्राे कार्यकालका लागि पनि जनताले मत दिने अपेक्षा गरेका छन् ।

उनले सांसदको रूपमा अघिल्लो कार्यकालमा निर्वाचित भएपछि क्षेत्र नम्बर १ का लागि विभिन्न काम गरेको र अब गर्न बाँकी कामलाई पनि निर्वाचित भएपछि गति दिइने प्रतिबद्धता जनाएका छन् । ‘गत संसदको कार्यकालमा भएको पहलस्वरुप धौलागिरी अस्पतालमा आईसीयु र असिक्जन प्लान्ट स्थापना, बलेवा विमानस्थल कालोपत्र सम्पन्न, बाग्लुङ कुश्मीशेरा बरेङ शान्तिपुर सडकका विभिन्न खण्डमा कालोपत्रको काम सुरु, क्षेत्रीय चक्रपथ  हुँदै भैरवस्थान सडक कालोपत्र आरम्भ, कालीगण्डकी करिडोर बाग्लुङ खण्ड कालोपत्रको प्रक्रिया सुरु, अदालत चौपारी, भकुण्डे, रायडाँडा, सडक स्तरोन्नतीको काम सुरु, प्रसिद्ध भैरवस्थान जाने सडक कालोपत्र, संसारकै लामो झोलुङे पुल निर्माणलगायत ५५ वटा विद्यालय भवनको पुनःनिर्माण, ६ वटा स्वास्थ्य चौकीका नयाँ भवन निर्माणमा १५ करोड सहयोग र विभिन्न खानेपानी तथा पूर्वधारका काम सुरु भएका छन्’, उनले भनेका छन्, ‘गाउँपालिका र नगरपालिका केन्द्रित १० शैया र १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छ।  यी विकास निमार्णको सुरुवात मात्र हो ।’

गाउँगाउँमा विकासका लागि  केही पूर्वधार तयार भइसकेको भन्दै अहिले सुरु भएका विकास निर्माणका कामलाई पूर्णता दिन तथा समृद्ध बाग्लुङको सपनालाई साकार पार्न एमालेको जित अनिवार्य रहेको उनको भनाइ छ । निर्वाचन जितेपछि पनि आफू आमबागलुङबासी जनतासँगै हुने पाठकको प्रतिबद्धता छ ।

‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्ने अठोट र पाँच वर्षमा गरिछाड्ने २० ग्यारेन्टीका साथ एमाले निर्वाचनमा होमिएको पनि उनले आम जनसमुदायमा स्मरण गराएका छन् । ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकास, भूमिको वैज्ञानिक व्यवस्थापन, कृषि, सहकारी औद्योगीकरणमार्फत अर्थतन्त्रमा रुपान्तरण, पर्यटन प्रवर्द्धन, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धदेखि स्थानीय सरोकारमा जनताका यावत समस्या समाधानका लागि नेकपा एमालेको जित अनिवार्य छ’, उनको भनाइ छ । 

पाठकले राजनीतिमा युवा सहभागिता हुनुपर्छ भन्ने आफ्नो मत रहेको पनि बताएका छन् । ‘हिजो नेताहरूले परिवर्तनका लागि र व्यवस्था बदल्ने कुरामा योगदान गर्नुभयो, त्यसमा हाम्रो उच्च सम्मान छ । तर, आजको आवश्यकता र आजको समाजले सामना गरेको चुनौतीलाई उहाँहरुले सम्बोधन गर्न सक्नुहुन्न’, पाठकको भनाइ छ, ‘त्यही कारणले नयाँ पुस्तामा जानुसपर्छ भन्ने हो । अहिलेको समाजले गतिशीलता खोजेको छ, भिजन र नयाँपन खोजेको छ ।’

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *