• Home
  • प्रदेश नं २
  • ‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ‘पे-वेल ‘

‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ‘पे-वेल ‘

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ्ग पार्टनर ‘पे वेल’ बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच ‘थ्रि प्रोडक्सन’ र ‘पे-वेल’ बिच सम्झौता भएको हो ।

बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भईसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागी चाडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौँ, बिराटनगर, पोखरा, इटहरी, चितवन, आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।

‘बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मदत गर्ने भन्दै आफूहरू यस कार्यक्रमको हिस्सा हुन पाएकोमा पे-वेलका सी.ई.वो सत्यन्द्र श्रेष्ठले खुसी व्यक्त गरे ।

शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ‘थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।

डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

Related Posts

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ हप्ता अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *