• Home
  • ताजा समाचार
  • ट्राफिक प्रहरीले नम्बर प्लेट नै स्पष्ट नभएपछि दुई सातामै १५ सय बढी कारबाही
Image

ट्राफिक प्रहरीले नम्बर प्लेट नै स्पष्ट नभएपछि दुई सातामै १५ सय बढी कारबाही

काठमाडौँ, ३० जेठ

सवारी दुर्घटना भएपछि सवारीसाधनको पहिचान खुलाउने पहिलो मुख्य संकेत नम्बर प्लेट हो । नम्बर प्लेट नै स्पष्ट नभएपछि कसले दुर्घटना गर्‍यो भन्ने ठम्याउन पनि गाह्राे हुन्छ । सवारीसाधनमा नम्बर प्लेट राख्नुको मुख्य उद्देश्य नै दुर्घटना हुँदा सम्बन्धित सवारी साधनको पहिचान गर्न सहज होस् भन्ने हो ।

चेकजाँच र नियमन गर्ने निकायको फितलो अनुगमनका कारण नम्बर प्लेट जस्तो राख्दा हुन्छ भन्ने आममानिसमा बुझाई सृजित भएकाले पनि सवारीचालकहरूले बेवास्ता गर्दै आएका थिए ।

पछिल्लो समय रुपन्देहीमा पनि नम्बर प्लेट स्पष्ट नभएको र नियमविपरीत सवारीसाधनको नम्बर प्लेटमा विभिन्न संकेतहरू राखेर निर्वाध गुडेको पाइएपछि ट्राफिक प्रहरीले अभियान नै चलाएर कारबाही गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारीसाधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, स्वरूप परिवर्तन गरेको र नम्बरबाहेकका अन्य वस्तु राखिएका सवारीलाई नम्बर प्लेट सुधार अभियानमार्फत कारबाही गर्न थालेको हो ।

तिलोत्तमा, भैरहवा बजार, सालझण्डी, धकधई, लुम्बिनी, बेथरीलगायतका ठाउँमा ८ जेठबाट अभियानअन्तर्गत चेकजाँच गरी सुधार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए । सवारी दुर्घटना भए पनि पहिचान हुन गाह्राे हुने, नम्बर बिग्रिँदा पनि सवारीधनीले बेवास्ता गर्ने, सवारी तथा यातायात ऐन २०४९ ले तोकेको मापदण्डविपरीत नम्बर प्लेट पाएपछि निजी तथा सरकारी कर्मचारीका सवारीसाधन गरी एक हजार पाँच सय बढीलाई कारबाही गरी सुधार गरिएको प्रमुख केसीले बताए ।

धेरैजसो विद्यार्थीहरूले सवारी तथा यातायात ऐन, २०४९ विपरीत नम्बर प्लेट बनाउने गरेका छन् । नियमविपरीत गर्नेलाई कानुनी दायरामा ल्याई नम्बर प्लेट सुधार गरेर मात्रै दुई सातााको अवधिमा सात लाख ५० हजार बढी जरिवाना असुल गरिएको छ । यो तथ्यांक बुटवलबाहेकको हो ।

कारबाही हुनेमा अधिकांश मोटरसाइकल र स्कुटर छन् । पीकअप, हलुका सवारीसाधन, तीनपांग्रेलगायतका सवारीसाधान पनि छन् । ‘ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न पनि अभियानले सहयोग पुग्ने छ । पहिलो चरणमा बस्ती केन्द्रित र बजार क्षेत्रमा अभियान चलाएका छौं, यसलाई मुख्य राजमार्ग र ग्रामीण क्षेत्रमा पनि लैजाने तयारी छ,’ उनले भने ।

सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहे पनि पहिलो चरणमा पाँच सय जरिवानासहित नम्बर प्लेट सुधार भइरहेको छ । यसले सवारीधनीहरूलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्ने बानीको विकाससमेत भएको पाइएको छ । कारबाही पर्ने मोटरसाइकलले प्लेटमा नेपालको झण्डा राखेकाे पाइएको छ । दैनिक कारवाहीमा पर्न थालेपछि अहिले धेरै सुधार भएको छ ।

यातायात व्यवस्था ऐन २०४९ ले सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेटको साइज निर्धारण गरेको छ । ऐनको अनुसूची २ मा ठूलो र मझौला सवारीसाधनको नम्बर प्लेटको हकमा १४ इन्च लामो ८ इन्च चौडाको, साना चारपांग्रे सवारीसाधनको हकमा १२ इन्च लामो ७ इन्च चौडाको, तीनपांग्रे सवारीसाधनको हकमा १० इन्च लामो ७ इन्च चौडाको र दुईपांग्रे सवारीसाधनको हकमा ८ इन्च लामो ५ इन्च चौडा हुनुपर्ने व्यवस्था छ  ।

नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साइज ठूलो तथा मझौला सवारीसाधनको हकमा कम्तीमा ३ इन्च अग्लो र १/२ मोटो, साना चारपांग्रे तथा तीनपांग्रे सवारीसाधनको हकमा २ इन्च अग्लो र १/२ इन्च मोटो तथा दुईपांग्रे सवारीसाधनको हकमा २ इन्च अग्लो तथा ३/८ इन्च मोटो हुनु पर्दछ । नम्बर प्लेटको चारैतिर १/२ इन्च मोटरसाइकल स्कुटर आदिको प्लेटमा १/४ इन्च छोडेर अंक र अक्षरमा लेख्नुपर्दछ । अंक र अक्षर बीचको दूरी कम्तीमा १/४ इन्च तथा तल्लो र माथिल्लो लाइनको दूरी कम्तीमा १/२ इन्च हुनुपर्ने नियम छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *