ट्रम्प माथी फेरी अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप

1.4kViews
0 Shares

न्युर्योक, २६ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन । 

अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ । 

ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ । र, साथै गलत अभिव्यक्ति पनि दिएका छन् । जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन  मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि उनलाई समन प्राप्त भएको छ। मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। तर, केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए । 

यसैबीच, उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय