• Home
  • समाचार
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भारतीय कप्तान रोहित शर्मा
Image

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भारतीय कप्तान रोहित शर्मा

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले अब टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । बीसीसीआई स्रोतका अनुसार रोहित शर्माले एकदिवसीय विश्वकपअघि टी–२० ढाँचाको बारेमा आफ्नो भविष्यका बारेमा छलफल गरेका छन् ।

रोहित शर्माले नोभेम्बर २०२२ मा भएको टी–२० विश्वकप २०२२ बाट भारत बाहिरिएपछि एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । हार्दिक पाण्ड्याले अधिकांश समय टोलीको नेतृत्व गरेका छन् । ३६ वर्षीय रोहित शर्माले १४८ टी–२० अन्तर्राष्ट्रिय खेलमा चार शतकसहित ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

भारतमा रोहित शर्मा बाहेक चार ओपनर शुभमन गिल, यशस्वी जैसवाल, इशान किशन र रुतुराज गायकवाड छन् । यी चार खेलाडीले आइपिएलमा आफूलाई प्रमाणित गरेका छन् । यदि युवा पुस्ताले प्रदर्शन गर्न सकेन भने बीसीसीआईले टी २० विश्वकपका लागि रोहितलाई आफ्नो निर्णय बदल्न आग्रह गर्न पनि सक्छ । रोहित शर्मा आफ्नो करियरको त्यो चरणमा छन् जहाँ उनी आफ्नो कार्यभार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै चोटमुक्त रहन चाहन्छन् । रोहित शर्मालाई हरेक वर्ष तीनवटै ढाँचा र आईपीएल खेल्न गाह्रो छ ।

भारतले डिसेम्बर २०२३ देखि मार्च २०२४ सम्म सातवटा टेस्ट खेल्नुपर्नेछ । भारतीय कप्तानले रातो बलको क्रिकेटमा बढी ध्यान दिने भएका छन् । उनीसँग भारतलाई अर्को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पु¥याउने मौका छ । सन् २०१९ देखि टेस्ट फर्म्याटमा रोहित शर्माको प्रदर्शन राम्रो छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *