• Home
  • ताजा समाचार
  • जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर दसैँ सुरु 
Image

जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर दसैँ सुरु 

जुम्ला, १० असोज 

जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दसैँ सुरु भएको छ । जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेर विधिपूर्वक घटस्थापना तथा दसैँको सुरु भएको मान्दै आएको पाइन्छ । चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गरिएको हो।

धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए । ‘बर्सेनि घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ,’ उनले  भने, ‘सबैभन्दा ठूलो लिंगो ४७ हातको लिङ्गो र ४७ हातकै ध्वजा र नेजा राखिएको छ।’

एउटा ४५ हाते र अर्को ३७ हाते चारवटा लिङ्गाे  फेरिएको छ । चन्दननाथ र अखडा देवी र  बटुक भैरवनाथको  गरी तीनवटा र एक विजयी  स्तम्भ गरी चार लिंगो खडा गरेकाे जानकारी दिएका उनले  वनजंगल नासिँदै गएपछि ५२ हाते लिङ्गा पाउन मुस्किल भएको बताए । 

नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ। लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटास्थपान सुरु हुन्छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १७ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *