आईतवार पोखराको विमान दुर्घटनामा परि ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिका लागि पर्सामा शोक सभाको आयोजना गरिएको छ । जिल्लाको पोखरिया नगरपालिकामा आयोजित सभामा दिवङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरु प्रति समवेदना प्रकट गरिएको थियो । सभालाई सम्बोधन गर्दै नगरपालिकाका पूर्व मेयर मन्टु रौनियारले विमान कम्पनीहरु नाफामुखी र नियमन गर्ने निकाय निष्क्रिय हुनुले नेपालमा यस्ता घटना बारम्बार हुने गरेको औल्याउँदै यश प्रकारका घटनाले बिदेशमा नेपालको छबि खराब हुन पुगेको बताए । उनले बाहिरी तथा आन्तरिक पर्यटनलाई समेत यस्ता घटनाले प्रभावित पार्ने बताउदै सरकारले यसबारे आवश्यक प्रभावकारी कदम चाल्न माग समेत गरे । रौनियारको अगुवाईमा आयोजित शोक सभामा विभिन्न राजनैतिक तथा सामाजिक नेता कार्याकर्ता तथा अगुवाहरुको सहभागिता रहेको थियो ।












