• Home
  • समाचार
  • जातीय संस्कृति बुझ्न चाहनेहरुको गन्तव्य अरनिको सांस्कृतिक संग्रहालय
Image

जातीय संस्कृति बुझ्न चाहनेहरुको गन्तव्य अरनिको सांस्कृतिक संग्रहालय

काठमाडौं। कोशी प्रदेशको पहाडी जिल्ला इलाममा रहेको सय वर्ष पुरानो राणाकालीन दरबारमा अरनिको सांस्कृतिक संग्रहालय निर्माण भएपछि जातीय संस्कृति बुझ्न चाहनेहरुका लागि अर्को गन्तव्य थपिएको छ ।

हाल संग्रहालय बनाइएको ‘इलाम दरबार’ मा लामो समयदेखि जिल्ला प्रशासन कार्यालय सञ्चालनमा थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि खाली बनेको संरचनालाई उपयोग गर्दै इलाम नगरपालिकाले संग्रहालय निर्माण गरेको हो ।

यसअघि इलामको माइस्थान मन्दिर हातामा सो संग्रहालय स्थापना गरिएको थियो । जङ्गबहादुर राणाका ज्वाइँ तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९१९ मा इलाम दरबार निर्माण गरेका थिए ।दरबार आफैँमा संग्रहालयको रुपमा थियो । त्यही भवनलाई प्रयोग गरेर जातीय पहिचान झल्काउने सामग्री राखिएकाले संग्रहालय उपयोगी बनेको स्थानीयको भनाइ छ ।

संग्रहालयमा विभिन्न जात जाति विशेषले प्रयोग गरेका सांस्कृतिक पहिचानका सामग्री संग्रह गरिएका छन् । यसले इलामको महत्व अझ बढाउने र बाहिरबाट आएका पर्यटकको इलाम बसाइ लम्ब्याउन मद्दत गर्ने विश्वास लिइएको छ ।संग्रहालमा इलाममा रहेका लोपोन्मुख लाप्चा जातिसहित विभिन्न जातिका पहिरन सहितका प्रतिमा राखिएका छन् ।

संग्रहालयलाई व्यवस्थित गर्न अझै काम बाँकी छ । भवनमा २२ वटा कोठा छन् । संग्रहालय व्यवस्थापनको काम इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानले नगरपालिकाको आर्थिक सहयोगमा गरिरहेको प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको भनाइ छ ।

संग्रहालयमा राखिएका लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बाजागाजा, विभिन्न जातिका भेषभुषा, भाँडा वर्तन लगायतका सामग्रीले अवलोकनकर्ताको ध्यान आकर्षित गराउने गरेका छन् ।यसैगरी पूर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुहरुको संरक्षण गर्दै संग्रहालयमा सजाउन थालिएको छ ।

जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने तयारी भइरहेको छ । इलाम मिस्रित जातजाति र समुदायको बसोबास भएको जिल्ला हो । यहाँका मौलिक सांस्कृतिक पक्षहरुलाई समेटेर संरक्षण गर्दा त्यस्ता सामग्री मासिने जोखिम नहुने साथै पर्यटकहरुलाई अवलोकन गराउन सकिने भएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *