For Youtvnepal long gif
  • Home
  • समाचार
  • जाजरकोटमा एक महिलाको शव जंगलमा फेला
Image

जाजरकोटमा एक महिलाको शव जंगलमा फेला

काठमाडौं । असार १२ गते
जाजरकोटको नलगाड नगरपालिका १ की ४२ वर्षीया भगवति शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी छन् । शव सडेको र गन्हाउन थालेपछि गाँउलेले प्रहरीलाई खवर गरेका थिए। मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ। शवको प्रकृति हेर्दा ती महिलाको मृत्यु वा हत्या एक हप्ताअघि नै भएको प्रहरीको अनुमान छ।

प्रहरीले अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । हाल सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि सत्यतथ्य केही दिनमै सार्वजनिक गर्ने उनले बताए। शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खवर नगर्नुले हत्यामा पतिकै संलग्नताको आशंका गरिएको छ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ५ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ५ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *