• Home
  • प्रदेश नं १
  • जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियाे : मन्त्री किराँती
Image

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियाे : मन्त्री किराँती

खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् ।

बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि ‘पानी मनहरु’ले घेराबन्दी गरिरहेको बताएका हुन् ।

‘हामी तीनवटा जहाज किन्ने प्रकृयामा छौँ । तर, हवाइजहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्,’ मन्त्री किरातीले भने, ‘तपाईहरुको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिनेगरी जहाज ल्याउँछौँ ।’

 
किराँतीले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एकवटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिए । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी भए पनि उडान भर्ने मन्त्री किराँतीले बताए । 

मन्त्री किराँतीले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाइएको चर्चा गरे । ‘मन्त्री भएर जाँदा हवाइजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ,’  उनले भने, ‘२२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलठूलो भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने पिउने रमाउने ठाउँ भए ।’ 

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *