• Home
  • राजनीति
  • जलहरी प्रकरण : सदस्यसचिव थापाले भने- प्रमाणित गरेर मलाई फाँसी दिनुस्, अन्यथा बदनाम नगरिदिनुस् 
Image

जलहरी प्रकरण : सदस्यसचिव थापाले भने- प्रमाणित गरेर मलाई फाँसी दिनुस्, अन्यथा बदनाम नगरिदिनुस् 

काठमाडौं, ३० जेठ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितताको भएको पुष्टि गर्न चुनौती दिएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितताको भएको प्रमाणीत गरेर आफूलाई फाँसी दिन भन्दै अन्यथा आफ्नो बद्नाम नगरिदिन आग्रह गरे । 

बैठकमा भावुक भनेका उनले कि सुन चोरी भएको प्रमाणीत गर्नुप¥यो होइन भने बद्नाम नगर्न आग्रह गरेका हुन् । आफूलाई राज्यले कमजोर बनाएको बताउँदै सदस्यसचिव थापाले सुन चोरीको गलत आरोपले आफ्ना दुईवटा बच्चाले पर्ने नकारात्मक असरबारे ध्यान दिनुपर्ने बताए । 

वास्तविकता र तथ्यहीन समाचारले पारिवारिक रुपमा पार्ने असरबारे जानकारी गराउँदै उनले भने, ‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस् ।’ 
 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *