जब दिल्लीको एउटा ५ तारे होटलमा दुई वर्षसम्म पैसा नदिई बसेकाे खुल्याे….

1.4kViews
0 Shares

नयाँ दिल्ली, ६ असार । दिल्लीको एक पाँच तारे होटलमा दुई बर्ष देखी कुनै रकम नतिरी एक ब्यक्ति बसेको खुल्न आएको छ । 

होटलका कर्मचारीहरूसँग मिलेर करिब दुई वर्षसम्म एक ब्यक्ति बिना कुनै भुक्तानी होटलमा बसेको खुले पछि प्रहरीमा उजुरी गरिएको छ । जसकाकारण  ९२ लाख रुपैयाँ होटललाई नोक्सान भएको जनाईएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआई) नजिकैको एरोसिटीमा होटल रोजेट हाउसमा ती ब्यक्ति बसेका थिए । 

रोजेट सञ्चालन गर्ने बर्ड एयरपोर्ट होटल प्रालिका आधिकारिक प्रतिनिधि विनोद मल्होत्राले हालै दर्ता गराएको एफआइआर अनुसार अंकुश दत्त नाम गरेका ती ब्यक्तिले अब होटेललाई ९२ लाख रुपैयाँ खर्च भएको छ । उनी होटलमा ६०३ दिन बसेका थिए ।

होटलको ‘फ्रन्ट अफिस डिपार्टमेन्ट’ का प्रमुख प्रेम प्रकाशले नियम उल्लङ्घन गर्दै दत्तलाई लामो समयसम्म होटलमा बस्न दिईएको एफआईआरमा आरोप छ । यसका अनुसार होटलको कोठा भाडा निर्धारण गर्ने अधिकार प्रकाशलाई थियो र सबै पाहुनाको बक्यौता ट्र्याक गर्ने होटलको कम्प्युटर प्रणालीमा उनको पहुँच थियो, जसको फाइदा लिएर प्रेम प्रकाशले उनलाई ६०३ दिनसम्म होटलमा बस्न दिएका थिए । प्रकाशले दत्त नाम गरेका ती ब्यक्तिवाट बाट केही नगद लिएको आशंकामा होटल व्यवस्थापन पक्षले गरेको छ । 

एफआईआरमा भनिएको छ, ‘अङ्कुश दत्तले गलत फाइदा लिने र होटललाई उचित भाडाबाट वञ्चित गर्ने उद्देश्यले प्रेम प्रकाश लगायतका केही ज्ञात र अज्ञात होटल कर्मचारीहरूसँग आपराधिक षड्यन्त्रमा राखे र सम्भवतः उनले त्यसका लागि कर्मचारीलाई प्रशष्त पैसासमेत दिएका छन ।’

दत्तले ३० मे २०१९ मा एक रातको लागि मात्रै होटलमा कोठा बुक गरेको होटलले दाबी गरेको छ, जसअनुसार दत्त ३१ मे २०१९ मा होटल छाड्ने पर्ने थियो । तर, दत्त २२ जनवरी २०२१ सम्म त्यहाँ बसेको आरोप ब्यवस्थापन पक्षको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय