Trending

जनार्दन शर्मा भन्छन् : राष्ट्रपतिमा मैले देखेका दुई नाम रामचन्द्र पौडेल र माधवकुमार नेपाल

925Views
0 Shares

७ पुस, काठमाडौं 

नेकपा माओवादीका नेता जनार्दन शर्माले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मध्ये एक जनालाई राष्ट्रपति बनाउनु पर्ने बताएका छन् ।

संसद भवनमा पत्रकारसित कुरा गर्दै उनले शीर्ष राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपति बनाउने गरी छलफल भइरहेको बताए ।

‘नाम त सबैको आइहाल्छ, राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बनाउनु पर्छ भन्ने गठबन्धन दलमा छलफल भएको छ,’ उनले भने, ‘मैले देखेका दुई वटा पात्र हुनुहन्छ, नाम भनेँ भने गाली गर्नुहोला ?’

नाम भन्नुस् न भन्नुस भन्दै पत्रकारले आग्रह गरेपछि शर्माले भने, ‘रामचन्द्र पौडेल र माधव नेपाल ।’

यसअघि तोकिएको समयमा सरकार बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘बन्छ ।’

कसको नेतृत्वमा सरकार बन्छ भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले ठट्यौली जवाफ दिए, ‘हुनेवाला प्रधानमन्त्रीको ।’

हुनेवाला प्रधानमन्त्री को हो ? भनेर सोधेको अर्को प्रश्नमा शर्माले भने, ‘मेरोतर्फबाट प्रचण्ड, गठबन्धनले को भन्छ त्यो पछि थाहा हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय