• Home
  • जनजाति
  • जनजाति तथा दलित सेवा समिति तथा नेपाल रजक सेवा समाज द्वारा संयुक्त रक्तदान कार्यक्रम
Image

जनजाति तथा दलित सेवा समिति तथा नेपाल रजक सेवा समाज द्वारा संयुक्त रक्तदान कार्यक्रम

वीरगंज, पर्सा

जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ र नेपाल रजक सेवा समाज (बारा, पर्सा) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको रक्तदान कार्यक्रममा मन्तव्यको क्रममा भने रक्तदान भनेको जीवन दान हो हामी सम्पुर्ण नगर बासीहरुले एक ढिक्का भएर रक्त दानमा सहभागी हुन जरुरी छ । हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ भने हाम्रो शरीरमा रहेको रगत तीन महिनामा खेर जान छ।

त्यहीभएर हामी प्रत्येक तीन महिनामा रगत दिन बानी बसालौ भन्नु भएको थियो। तपाईकाे एक पिन्ट रगतले कसैकाे अमुल्य जीवन सुरक्षित हुनसक्छ त्यसैले स्वस्थ र निराेगि व्यक्तिले ३/३ महिनामा एक पटक रक्त दान गराै बहुमुल्य पुन्य आर्जन गराै।उप- प्रमुख आलमले बताए।
२ महिला सहित ३६ जनाले रगतदान गरेका छन्।

कार्यक्रममा रक्त दाताहरु लाई वीरगंज महानगरपालिकाका-उप-प्रमुख तथा कार्यक्रम का प्रमुख अतिथि इम्तियाज आलमलको हातबाट प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रममा जनजाति तथा दलित सेवा समिति वीरगंज-१६ अध्यक्ष लवकुश कुमार बैठा,नेपाल रजक सेवा समाजका अध्यक्ष जठाशंकर बैठा,वडा प्रहरी कार्यालय विर्ताका प्रमुख बिदुर प्रसाद सिवाकोटी,वीरगंज महानगरपालिकाका उपमेयरका स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता,लगायतको उपस्तिथी रहेको थियो।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *