• Home
  • Uncategorized
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


काठमाडौ । भदौ १६ गते
रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् ।
लु.४१ प ४१६८ र लु.४८ प ३२४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । त्यसपछि लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनः लु.१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका–१ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यृ भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडा रहेका छन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१५ ब्रमचोकमा ना.७ ख १८३७ नम्बरको बसले ना.४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय तुल्सी साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१८ देवन पेट्रोल पम्प छेउस्थित कर्ल्बटमा साईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री जहदा गाउँपालिका–१ भुटाहा बस्ने ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । उनको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । उनको बुधबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ४ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni ४ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *