Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौं, २५ साउन  

चितवन, मोरङ र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  

चितवनको भरतपुर महानगरपालिका–२९ चौधकिलोमा प्रदेश २–०१००१ क ०२०२ नम्बरको ट्रकले प्रदेश २–०३००१ प १८१४ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा कालिकामाई गाउँपालिका–१ बस्ने २८ वर्षीय रितेश कुमार पण्डित रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलमा को.११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६१ वर्षीया सितादेबी ढकाल रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा  उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से.२ प ५२८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार डोटी जोराईल गाउँपालिका–१ बस्ने २७ वर्षीय चित्र मडै रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएको उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ८ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *