Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौं, २५ साउन  

चितवन, मोरङ र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  

चितवनको भरतपुर महानगरपालिका–२९ चौधकिलोमा प्रदेश २–०१००१ क ०२०२ नम्बरको ट्रकले प्रदेश २–०३००१ प १८१४ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा कालिकामाई गाउँपालिका–१ बस्ने २८ वर्षीय रितेश कुमार पण्डित रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलमा को.११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६१ वर्षीया सितादेबी ढकाल रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा  उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से.२ प ५२८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार डोटी जोराईल गाउँपालिका–१ बस्ने २७ वर्षीय चित्र मडै रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएको उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *