Trending

छिमेकी देशमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

905Views
0 Shares

काठमाण्डाै  पुस ७

 विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय विदेशबाट आएका ४८ जना व्यक्तिको नमुना परीक्षण गरिएकोमा भारतमा पुष्टि भएको ‘बीएफ ७’ भेरियन्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।

फरक स्वरूपमा देखिन थालेको सङ्क्रमणले जोखिम बढाएको भन्दै मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन आग्रह गरेको छ । नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सर्तकता बढाउन तथा आवश्यक तयारीमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय