• Home
  • जिवनशैली
  • चैत्र १७ गते चैते दशैंको शैली पूजा, महाआरती र कलश यात्रा पूजा समिति द्वारा भव्यताका साथ सम्पन्न
Image

चैत्र १७ गते चैते दशैंको शैली पूजा, महाआरती र कलश यात्रा पूजा समिति द्वारा भव्यताका साथ सम्पन्न

काठमाडौं, चैत्र १७ – श्री माँ दुर्गा चैते दशैं पूजा समिति को आयोजनामा चैते दशैं पर्वको अवसरमा आज शैली पूजा, महाआरती तथा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्थाका साथ आयोजना गरिएको यस विशेष कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आजैको दिन चैते दशैं अन्तर्गत पहिलो पूजाका रूपमा शैली पूजा सम्पन्न गरिएको छ। पूजा कार्यक्रममा विधिपूर्वक कलश यात्रा निकालिएको थियो, जसमा श्रद्धालुहरू परम्परागत रूपमा सहभागी भएका थिए। साथै, साँझपख भव्य महाआरतीको आयोजना गरिँदा भक्ति भावले वातावरण उल्लासमय बनेको थियो।

चैते दशैं हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो, जसमा विशेष रूपमा देवी दुर्गाको पूजा–आराधना गरिन्छ। श्री माँ दुर्गा चैते दशैं पूजा समिति ले हरेक वर्ष यस पूजा तथा धार्मिक कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्दै आइरहेको छ। भक्तजनहरूले यस पर्वलाई विशेष धार्मिक आस्थाका साथ मनाउने गर्छन्।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *