• Home
  • समाचार
  • चीनमा भूकम्पः १ सय ११ जनाको मृत्यु, विद्युत र पानी आपूर्ति अवरुद्ध
Image

चीनमा भूकम्पः १ सय ११ जनाको मृत्यु, विद्युत र पानी आपूर्ति अवरुद्ध

काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीन्मा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १०० जनाको मृत्यु भएको छ भने छिङहाइमा ११ जनाको मृत्यु भएको छ । त्यसैगरी गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ५ दशमलव ९ मापन गरिएको छ । भूकम्पका कारण धेरै क्षति भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

खानेपानी र बिजुलीको व्यवस्था ठप्प भएको छ । यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए । उद्धार टोली घटनास्थल पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य सुरु गरिएको छ ।

टेन्ट, फोल्डिङ बेड र रजाई घटनास्थलमा पु¥याइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यससँगै उनले मृत्यु हुनेको संख्या घटाउने उपाय अपनाउन निर्देशन पनि दिएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार जारी छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *