Image

चीनको कोइला खानीमा विष्फोट हुदाँ १० जनाको मृत्यु

काठमाडौं । मध्य चीनको एक कोइला खानीमा भएको विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् ।स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार पिंगडिङ्सन सहरको खानीमा उद्धार कार्य जारी राख्ने र शहरव्यापी सुरक्षा जाँच गर्ने बताएको छ।

सो भयानक दुर्घटना हुँदा सो कोइला खानीमा जम्मा ४२५ जना भूमिगत काम गरिरहेका थिए । पिङडिङसानको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब २ः५५ बजे पिङडिङसान तियानान कोल माइनिङ कम्पनीको स्वामित्वमा रहेको खानीमा कोइला र ग्यास निस्किएर दुर्घटना भएको जनाएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको आपतकालीन निकायले जनाएको छ ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ महिना अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि
1 Comments Text
  • best binance referral code says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/en-NG/register-person?ref=YY80CKRN
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *