• Home
  • ताजा समाचार
  • चार वर्ष बित्दासमेत सम्पन्न भएन स्वास्थ्यचौकीको भवन
Image

चार वर्ष बित्दासमेत सम्पन्न भएन स्वास्थ्यचौकीको भवन

२६ जेठ

साकेला गाउँपालिका-५ मात्तिमविर्तामा सम्झौता म्याद नाघेको चार वर्ष बित्दासमेत स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा हुन सकेको छैन ।

२०७६ सालमा सम्पन्न हुनुपर्ने स्वास्थ्यचौकीको भवन ठेकेदार कम्पनी यूएस-नाना जेभी निलकण्ठ-३ धादिङको ढिलासुस्तीका कारण अलपत्र बन्न पुगेको हो । दुई वर्षमा पूरा गर्नेगरी २० कात्तिक २०७२ मा सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम छाडेर अलपत्र पारिएको मात्तिमका वडाध्यक्ष जीवन न्यौपानेले बताए । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि बिदा भइसक्दासमेत स्वास्थ्यचौकीको भवन पूरा हुन सकेन ।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटबाहेक दुई करोड १६ लाख ५९ हजार ६७० रुपैयाँमा यूएस-नाना जेभीले स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो । हाल भवनको बाहिरी स्वरूप तयार भए पनि रिटेनिङवाल, ग्याविनवाल, रंगरोगन, झ्यालढोकामाथि सिसा राख्ने, बाथरुममा धारा राख्नेलगायतका काम बाँकी छ । निर्माण कम्पनीले सरासर काम गर्ने तत्परता देखाए करिब महिना दिनमै बाँकी काम सकिने देखिएको छ ।

सम्झौताअनुसार २० कात्तिक २०७४ मा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने हो तर पाँचौंपल्ट थप भएको म्याद नाघ्दासमेत भवनको काम अलपत्र छ । पहिलो म्याद २१ वैशाख २०७५, दोस्राे म्याद २९ माघ २०७५, तेस्राे म्याद ३१ असार २०७७, चौथो म्याद पुस २०७७ र पाँचौं म्याद ३० चैत २०७८ मा सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

हाल भवन अभावमा स्वास्थ्यचौकीको सेवा तत्कालीन गाविसको कार्यालयबाट र वडाको कामकाज महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालन भइरहेको वडाध्यक्ष न्यौपानेले बताए । ठेकेदारले स्वास्थ्यचौकीको भवन निर्माणको पेटीठेक्का लिएका पेटी ठेकेदारलाई समेत पूरा भुक्तानी नदिएको बताइएको छ ।

भवन निर्माणको काम पुरा गर्न निर्माण कम्पनीलाई ताकेता 

वडा कार्यालय मात्तिमविर्ताले अलपत्र अवस्थामा छाडिएको स्वास्थ्यचौकीको भवन निर्माणको काम तत्काल पूरा गर्न निर्माण कम्पनीलाई ताकेता गरेको छ । बुधबार बसेको वडा समितिको बैठकको निर्णयअनुसार बाँकी काम सक्न निर्माण कम्पनीलाई ताकेता स्वरूप पत्राचार गरिएको वडाध्यक्ष न्यौपानेले बताए । काम अघि नबढाए सार्वजनिक खरिद ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

यसअघि साकेला गाउँपालिकाले पनि स्वास्थ्यचौकीको भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेकेदारमाथि कारबाही गर्न माग गरेको थियो । स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानुनी कारबाहीका लागि सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई १७ फागुन २०७७ मा पत्राचार गरेको थियो । स्वास्थ्यचौकीको अधुरो काम पूरा गर्न पटक–पटक लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दैआएको गाउँपालिकाले जनाएको छ ।

जम्मा भएन बैंक ग्यारेन्टी 

स्वास्थ्यचौकीको भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि साकेला गाउँपालिकाले पत्राचार गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले बैंक ग्यारेन्टी तान्ने प्रक्रिया अघि बढाएको थियो । ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगरेको तथा हालसम्म पेश्की रकमको १८ लाख फर्स्याेट नगरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजनाले प्राइम कमर्सियल बैंक लिमिटेड, कमलपोखरीलाई जमानत रकमबाट रकम भुक्तानीका लागि पत्राचार गरेको थियो । तर हालसम्म बैंकले बैंक ग्यारेन्टी जम्मा नगरेको कार्यालयले जनाएको छ ।

२० चैत २०७७ मा बैंकलाई पठाइएको पत्रमा ‘पेश्की रकममध्ये हालसम्म १८ लाख फर्स्याेट हुन नसकेको उल्लेख गर्दै प्राइम कमर्सियल बैंकबाट जारी भएको बैंक जमानतबाट आयोजनाको नाममा रकम भुक्तानी गरिदिन’ भनिएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *