• Home
  • समाचार
  • चर्को ऋणकै कारण नेपालीहरु देश छोड्ने अवस्थामा पुगेका छन् : रवि लामिछाने
Image

चर्को ऋणकै कारण नेपालीहरु देश छोड्ने अवस्थामा पुगेका छन् : रवि लामिछाने

काठमाडौं । आम नागरिकलाई ऋणमुक्त गराउन सरकारसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अनुरोध गरेका छन् । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरमा आयोजित राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रममा उनले, सरकारले आम नागरिकलाई ऋणमुक्त गर्ने निर्णय गरेमात्रै साख्वामाथिको सच्चा सम्मान हुने बताए ।

चर्को ऋणकै कारण नेपालीहरु देश छोड्ने अवस्थामा पुगेको उनको भनाई छ । ‘यो देशमा, लघुवित्तका माध्यमबाट सहकारीका कारणबाट र विभिन्न कारणहरुले मानिसहरु ऋणको पासोमा पुगेका छन् ।

बैंक व्याजका कारणले तिर्न नसकेर घरबारविहीन भएर घर गाउँ देशै छोडेर जाने अवस्थामा पुगेका छन् यदी हामी साँच्चै नै शंखधर साख्वालाई सम्झिने हो र उहाँलाई ह्दयमा राख्ने हो भने यी नेपाली जनतालाई ऋणमुक्त गर्नको निमित्त एउटा राम्रो व्यवस्था यसलाई व्यवस्थित सहकारीहरुलाई व्यवस्थित बैंक व्याजलाई व्यवस्थित लघुवित्तको व्याजलाई व्यवस्थित गर्ने हो भने उहाँप्रतिको सच्चा श्रद्धान्जली नै यही हुन्छ ।’ उनले भने ।

शंखधरले व्यक्तिगत सम्पति जनतालाई ऋणमुक्त गराउन प्रयोग गरेको स्मरण गर्दै उनले राज्यले आम नागरिकलाई ऋणमुक्त गर्न भूमिका खेल्नु पर्ने बताए ।उनले भने ‘त्यसकारणले उहाँबाट सिक्नु पर्ने कुरा जसरी आफ्नो व्यक्तिगत धनका माध्यमबाट उहाँले गरिबहरुलाई ऋणमुक्त गर्नु भो त्यसैगरी नेपाली जनतालाई सहकारी, लघुवित्त र बैंकहरुको चर्को व्याजबाट मुक्त गराईदिएर उहाँप्रति सच्चा सम्मान प्रकट गरिदिन सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत सरकारलाई अनुरोध गर्दछु । ’

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *