Trending

गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन्

1.2kViews
0 Shares

गोपीकृष्ण मुभिज अन्र्तगतका ३ हल सञ्चालनमा आउने भएका छन् । कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यि तिन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन ।

गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ । सँगै रहेका ३ हलहरु भने बाँकी नै छन् । गोपीकृष्णले तिनै ३ हलको प्रबिधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो । अत्याधुनिक प्रबिधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ ।

कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ । बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ३ हजमा गरि दैनिक १२ वटा शो हुनेछन् ।

शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शन सँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन् ।

काठमाडौंको लागि चलचित्र प्रदर्शनको हब मानिने चाबाहिल स्थित गोपीकृष्णमा यसअघि ७ हल सञ्चालनमा थिए । गोपी, कृष्ण, मिरा र राधा हल भने भत्काइएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय