• Home
  • ताजा समाचार
  • गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालय उजुरी
Image

गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालय उजुरी

काठमाडौं, १ मंसिर

 गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् ।

यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खाेज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेकाे अधिवक्ता बरालले बताइन् । उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाे प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो,  उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’ 

खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रुपमा मञ्जु खाणको नाम लेखेका बरालको दाबी छ । 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *