• Home
  • ताजा समाचार
  • गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेसको सर्मनाक हार, कार्यकर्ता असन्तुष्ट
Image

गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेसको सर्मनाक हार, कार्यकर्ता असन्तुष्ट

काठमाडौं, १४ मंसिर

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले रुपन्देहीमा सर्मनाक हार बेहोरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एउटा सिट पनि कांग्रेसले जित्न सकेन । जबकि २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पनि कांग्रेसले रुपन्देही ४ र ५ मा प्रतिनिधिसभा सदस्य जितेको थियो ।

यसपटक गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण आफैं रुपन्देही ३ बाट चुनावमा उठेका थिए । तर, उनले समेत निर्वाचन हारे । कांग्रेस सरकारमा रहँदा गराएको निर्वाचनमा गृहमन्त्री पराजित भएको शृंखला खाणले पनि अगाडि बढाएका छन् । उनलाई राप्रपाका दीपक बोहराले पराजित गरे । रुपन्देही ५ बाट सधैं जित्दै आएका भरतकुमार शाहसमेत यसपटक पराजित भए । उनी सार्वजनिक लेखा समितिका पूर्वसभापतिसमेत हुन् ।

बहालवाला गृहमन्त्रीकै गृहजिल्लामा कांग्रेस प्रतिनिधिसभातफू शून्य भएपछि नेता कार्यकर्ता रुष्ट भएका छन् । नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्।

कांग्रेसले करारी हार बेहोरेपछि पार्टीभित्र आरोप प्रत्यारोप सुरू भएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्वलुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्वमहाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, कांग्रेस पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंलगायतले विज्ञप्ति जारी गर्दै अन्तर्घातको आरोपप्रति आपत्ति जनाएका छन्।

गृहमन्त्री खाण निकट कार्यकर्ताले संस्थापनइतर समूहकै अन्तर्घातका कारण पराजय बेहोरेको आरोप लगाएका थिए । त्यो आरोपको संस्थापनइतर समूहले प्रतिवाद गरेको हो ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ४ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *