• Home
  • अर्थ
  • खोटाङका तिन पालिकाको बजेट यस्तो छ
Image

खोटाङका तिन पालिकाको बजेट यस्तो छ

काठमाडौं । असार ११ गते
खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न १२औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले आर्थिक वर्ष २०७९०८० का लागि चालुतर्फ ६ करोड ५७ लाख ४९ हजार ७३० र पुँजीगततर्फ पालिका स्तरिय योजना तथा कार्यक्रमका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन् ।

वडागत सिलिङतर्फ एकमुष्ठ १ करोड १५ लाख बिनियोजन गरिएको छ । यस्तै, सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले बसाइसराई दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली आदिको उचित प्रवन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने लगायतका नीति ल्याएको छ ।

रावाबेँसीको बजेट ३८ करोड ३९ लाख
रावाबेँसी गाउँपालिकाले ३८ करोड ३९ लाख २ हजार २३ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले आर्थिक वर्ष २०७९र०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकामा विभिन्न विषयगत शाखाका लागि प्राप्त संघीय सशर्त अनुदान चालु कार्यक्रमतर्फ १५ करोड २७ लाख र संघीय सशर्त अनुदान पुँजीगततर्फ २ करोड ३७ लाख विनियोजन गरिएको छ ।

यस्तै, प्रदेश सरकार सशर्त अनुदानतर्फ ६९ लाख २४ हजार, गाउँपालिका तथा संघीय सरकारसँगको समपुरक अनुदानबाट नुनथला–कुभिन्डे सडक स्तरोन्नतीका लागि १ करोड ५० लाख, सोही सडकका लागि प्रदेश सरकारसँगको समपुरक अनुदानबाट ७८ लाख र प्रदेश सरकारकै समपुरक अनुदानबाट बिजुले–चिउरीबासदेखि भञ्ज्याङ जुकेखोला सडक स्तरोन्नतीका लागि ५२ लाख विनियोजन गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै, संघीय सरकार विशेष अनुदानबाट बिश्वज्योती माबि लामीडाँडाको होस्टेल निर्माणका लागि १ करोड ७० लाख, संघीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न विकास साझेदार संस्थासँगको साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

वडागत पुँजीगत योजनाका लागि १ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट बेहोर्नेगरी चालु तथा चालु प्रकृतिका खर्चतर्फ ७ करोड ५३ लाख ४३ हजार, उक्त रकममध्ये चालु खर्चमा पदाधिकारी सेवा सुविधा, कर्मचारी तलव भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडाको चालु खर्चका लागि ६ करोड ५३ लाख ४३ हजार र चालु प्रकृतिका विभिन्न कार्यक्रमका लागि १ करोड खर्च हुने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । रावाबेँसी गाउँपालिकाले ४५ वर्षमाथिका बिधुर पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने, कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा अघि सार्ने, पूर्णअपांग, अतिअशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुती हुन लागेका गर्भवतीलाई निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ ।

केपिलासगढीको बजेट १७ करोड ९५ लाख
केपिलासगढी गाउँपालिकाले १७ करोड ९५ लाख २ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९र०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले आर्थिक बिकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पुर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार विनियोजन गरेको छ ।

गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *