Trending

क्यानाडामा प्रकाश सपुतको सकम्बरी साँझ

1.5kViews
0 Shares

काठमाडौं, २३ जेठ । गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् ।

आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिदैछन् ।

आँगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन् । ‘क्यानाडा आउँदैछु । निकै खुशी छु, यहाँ आफ्नो प्रस्तुती दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुती दिएता पनि क्यानाडामा भने पहिलो पटक प्रस्तुत हुँदैछु ।’ उनी आफ्नो प्रस्तुतीलाई लिएर उत्साहित छन् ।

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुती हेर्न क्यानाडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । ‘प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौं । उहाँको गीतहरू नेपाल झैँ क्यानाडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने । उनी नेपाली गतिविधीमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानाडामा प्रवद्र्धन गर्न तत्पर युवा व्यावसायी हुन् ।

उनले यो कार्यक्रम गर्नुको उदेश्य ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिरलाई सघाउनु रहेको बताए । ‘हाम्रो उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन हो । कार्यक्रमबाट आर्जन भएको मुनाफा पशुपतिनाथ मन्दिर ब्राम्प्टनलाई हस्तान्तरण गर्ने छौ ।’ मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।

You Might Also Like

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय