कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ९ मंसिर
कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका – १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि