• Home
  • ताजा समाचार
  • केपी ओलीको प्रश्न– एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?
Image

केपी ओलीको प्रश्न– एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?

काठमाडौं, २७ कात्तिक

एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् ।

आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘ गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ ? एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ?कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ ।’

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *