• Home
  • ताजा समाचार
  • कुलमान र बालेनबीच महत्त्वपूर्ण भेट, ‘देश बनाउने अभियानमा सँगै छौँ
Image

कुलमान र बालेनबीच महत्त्वपूर्ण भेट, ‘देश बनाउने अभियानमा सँगै छौँ

काठमाडौँ। सक्रिय राजनीतिमा प्रवेश गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। यो भेटलाई देशको समसामयिक राजनीतिको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

आइतबार घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले तस्बिरसँगै लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं।”

मेयर बालेन शाहको सचिवालय स्रोतका अनुसार यी दुई नेताबीचको भेट शनिबार बालेनको निजी निवासमा भएको थियो। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था र विकासका एजेन्डामा केन्द्रित रहेर छलफल भएको बुझिएको छ।

हालै मात्र ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरेका घिसिङ र स्वतन्त्र रूपमा निर्वाचित भई जनचाहनाका कारण चर्चामा रहेका बालेन शाहबीचको यो भेटलाई धेरै राजनीतिक विश्लेषक तथा आम नागरिकले आगामी दिनमा सम्भावित सहकार्यको सङ्केतका रूपमा हेरेका छन्।

जनतामाझ स्वच्छ छवि बनाएका यी दुई व्यक्तित्वको भेटले देश विकासको अभियानमा नयाँ गठबन्धनको सम्भावनालाई बल पुर्‍याएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *