• Home
  • अर्थ
  • कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
Image

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौ,  २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले जेठ १७ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन बुधबार बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।
 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *