Trending

कुमरा घरका लागि पूर्वनक्सलवादीले दिए अडिसन

130Views
0 Shares

मुम्बई ११ असार । कुनै बेला हातमा बन्दुक लिएर कथित क्रान्तिको बाटोमा पाइला चालेका आदिवासीलाई भारतमा नक्सलवादी भन्ने गरिन्छ । परिवर्तनका लागि बन्दुक उचालेका नक्सलवादीहरु अब फिल्ममा पाइला चाल्ने भएका छन् । प्रहरी समक्ष आत्मसमर्पण गरिसकेका केही महिला नक्सलवादीहरुले हालै एक फिल्मका लागि अडिसनसमेत दिएका छन् ।

आन्ध्र प्रदेशको महाराष्ट्र र छत्तीसगढको सीमावर्ती इलाका गढिचरौलीका एक पूर्व नक्सलवादी अब कलाकार बन्ने तयारीमा छन् । जुन फिल्ममा उनी पूर्व नक्सली अभिनेता बन्दैछन्, त्यो फिल्मको कथामा महिनावारी भएपछि महिलाले घर बाहिर झुपडीमा बस्नुपर्ने पीडा देखाइनेछ ।

हालैमात्र मराठी फिल्मकी अभिनेत्री तृप्ति भोइर र निर्माता विशाल कपुरले आफ्नो फिल्म ‘कुमराघर’को गढिचरौलीमा अडिसन राखेका थिए । जहाँ राज्य समक्ष आत्मसमर्पण गरेका नक्सलीहरुको उल्लेख्य सहभागिता थियो । आत्मसमर्पण गरेर घरमै बसिरहेका नक्सलीहरुलाई भविष्यमा फिल्ममा अभिनय गर्ने र अभिनयमा करियर बनाएर नयाँ पहिचान स्थापित होस् भन्ने हेतुले अडिसन राखिएको थियो ।

यो फिल्मले गढिचरौलीको आदिवासीको परम्परागत संस्कृतिलाई देखाउनेछ । ‘उनीहरुमाथि लागेको नक्सलवादको कलंक मेटाउनका लागि पनि हामीले उनीहरुलाई फिल्ममा लिन लगेका हौं’, अभिनेत्री तृप्तिले भनिन्, ‘यो अडिसनबाट कैयौं प्रतिभाशाली कलाकार छानिएका छन् । उनीहरुको कामबाट हामी खुशी छौं ।’

You Might Also Like

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
33°
Fair
5:28 am7:01 pm +0545
Feels like: 34°C
Wind: 6km/h W
Humidity: 34%
Pressure: 1006.1mbar
UV index: 0
8 pm9 pm10 pm11 pm12 am
30°C
29°C
29°C
28°C
27°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय