Image

किसानलाई परिचयपत्रको व्यवस्था गुर्छ- गम्भीरबहादुर राना

गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा र विकास निर्माणको सन्दर्भमा न्युज कारखानाले  उनीसँग गरेकाे राकानीको सम्पादित अंश : गोदावरी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्नु भएको छ । तपाईंलाई गोदावरीवासीले भोट किन दिनुपर्ने हो ? सबैले विकास निर्माण, विकास निर्माण भनेर चुनावको बेलामा नारा ल्याएका छन् । मैले विकास निर्माणसँगै गबिीको रेखामुनि रहेका किसान, दलीत, महिलाहरूको उत्थानका कार्यक्रमहरू अघि बढाउनेछु ।  जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा भएका समस्या समाधान गर्नेछु । जनताको घर दैलोमा जाँदा कस्ता प्रश्नहरू आए ? उनीहरूका अपेक्षाहरू कस्ता थिए ? जनताको घर दैलोमा जाँदा धेरैले गोदावरी नगरपालिकाभित्र रहेको हरिसिद्धि गोदावरी, नख्खु टिकाभैरव र ढालाहिटी चापागाँउ सडक निर्माणको माग राखेका छन् । किसानले बजारको व्यवस्था र सहरी क्षेत्रमा खानेपानीको माग आएको छ । यी मागहरू पूरा गर्दै जानेछु । गोदावरी नगरपालिका अन्य स्थानका तुलनामा सांस्कृतिक सम्पदा संरक्षण भइरहेको पाइँदैन । यस सम्बन्धमा के कस्ता छन् योजना ? टिकाभैरवको राजकुलो चलाउन सके पाटनसम्मकै ढुंगेधारा चल्छन् । राजकुलोलाई पाटनसम्म पु¥याउने योजना अघि बढ्नेछन् । गोदावरीका विभिन्न संस्कृति संरक्षणका लागि विज्ञहरूको राय सल्लाहलाई कार्यान्वयन गर्दै अघि बढ्नेछु । यहाँका रैथाने कला र संस्कृति संरक्षणका लागि ठोस कार्यक्रमहरू ल्याइनेछ । गोदावरी नगरपालिकामा तपाईले जित्ने आधार के हो ? नेकपा एमालेमा देशैभरि लहर आएको छ । गोदावरी नगरपालिकामा पनि एमालेप्रति जनताको आर्कषण छ । म २०५४ सालदेखि जनप्रतिनिधि छु । आजसम्म मैले पराजय भएको रेकर्ड छैन । अहिले पनि पराजय हुने अवस्था छैन । जनता उर्लेको छ । पानी परिरहेको हावा हुरी चलेको बेलामा पनि जनता हाम्रो पछि लागेर नारा लगाइरहेका छन् । हामीले बोलाएर होइन स्थानीय जनता आफैँ जुलुसमा आइरहेका छन् । २०५४ सालमा जनप्रतिनिधि भएर काम गर्दा देवीचौर, चापागाउँ लेले, गोदाममचौर र गोदावरीजस्ता ठाँउका स्थानीयहरूको मैले सेवा गरेको छु । विकास निर्माणका काममा सहज तरिकाले लैजानुपर्छ भनेर मैले काम समन्वय गरेको छु । त्यसैले मैले सबैको विश्वास जित्नेछु  भन्ने लाग्छ । भौतिक पूर्वाधार निर्माणमा कस्तो जोड हुनेछ ? गोदावरी नगरपालिकामा ड्रेनसहितको सडक, फुटपाथसहितको सडक र सडकको स्तरोन्नति गर्ने मेरो मुख्य योजना छ । सातदोबाटो चापागाँउ लेले सडक साँघुुरो भएकाले नख्खु करिडोरबाट निर्माण सामग्री लैजाने व्यवस्था गरिनेछ । भित्री सडकहरू सबै कालोपत्र गर्ने योजना छ । ढलान गर्नुपर्ने अवस्था आए ढलान हुनेछ । पाँच वर्षमा कम्तिमा गोदावरीका ५०  प्रतिशतभन्दा धेरै सडकहरू कालोपत्र हुन्छ । गोदावरी नगरपालिका पर्यटकीय नगरको रुपमा पनि परिचित छ । यहाँका पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि कुनै योजना छन् कि ? गोदामचौर कोटडाँडा क्षेत्रमा धेरै होमस्टे सञ्चालनमा छन् । तर, सडक राम्रो नहुन्दा त्यहाँ जानै समस्या रहेछ । त्यो बाटो बनाइनेछ । देवीचौर, कोटडाँडामा भ्युटावर निर्माण भएपछि रिसोर्ट खोल्नेहरूमा उत्साह छाएको छ । यहाँका सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । हामीले यो काम गर्नेछौं । किसान र निम्न आय भएका नगरवासीका लागि कुनै योजना छन् कि ? गोदावरी नगरपालिकामा रहेका किसानहरूलाई परिचयपत्र वितरण गर्नेछु । उनीहरूलाई नगरबसमा छुटको व्यवस्वस्था हुनेछ । किसान परिचयपत्र पाएकाहरूले मात्रै सरकारी अनुदान दिने व्यवस्था हुनेछ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *