Image

कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई

काठमाडौं, २७ जेठ

लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो ।

दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । सेना फिर्ता भएसँगै हाल कारागार निगरानीको जिम्मा पुनः नेपाल प्रहरीले लिएको छ  ।

तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई दिइएको थियो । लमजुङबाहेक अन्यत्र जिल्लामा पनि नेपाली सेनाले कारागार निगरानीको जिम्मा लिएको थियो ।

अन्यत्र जिल्लाका कारागारबाट केही महिनाअघि नै सेना फिर्ता भए पनि लमजुङमा भने स्थानीय तह निर्वाचनको समयसम्म सेनालेनै जिम्मा लिएको थियो । स्थानीय चुनावका बेला प्रहरी परिचालन गर्नुपर्ने भएकाले सुरक्षा समितिले चुनाव अवधिसम्म कारागारको निगरानी सेनाले नै गर्ने निर्णय गरेको थियो । चुनाव सम्पन्न भएसँगै सुरक्षा समितिको निर्णयबमोजिम कारागारबाट सेना फिर्ता भएको सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

कारागार निगरानीको जिम्मा नेपाली सेनाले लिने निर्णय भएसँगै तत्कालीन समयमा बेसीसहरको उदिपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट खटिएका नेपाली सेनाले कारागारको निगरानी गर्दै आएका थिए । केही महिनाअघिमात्रै श्रीजंग गणको सरुवा भएसँगै जिल्लामा आएको चण्डिप्रसाद गणले कारागारको निगरानी गर्दै आएको थियो ।

जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो । सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो । ३५ जनाको क्षमता रहेको जिल्ला कारगारमा हाल सात महिला र ९३ जना पुरुष गरी एक सयजना कैदीबन्दी छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *