Image

काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम घट्यो

काठमाण्डौ – काठमाण्डौ अधिकतम तापक्रम घटेको छ । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको हो ।

अस्ति २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

अहिले नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । मनसुन सकिए पछि पश्चिमी वायूको प्रभाव हाबी हुने मौसमविद्ले बताएका छन् । 

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १४ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *