• Home
  • समाचार
  • काठमाडौं र ललितपुरका उच्च प्रशासनिक निकाय वरपर निषेधाज्ञा लागू
Image

काठमाडौं र ललितपुरका उच्च प्रशासनिक निकाय वरपर निषेधाज्ञा लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ । प्रशासनले मंसिर सात गतेलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा लागू गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह,संघीय संसद् भवन बानेश्वर र सिंहदरबार क्षेत्रलाई हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ ।

काठमाडौं जिल्ला प्रशासनले सोमबार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

भोलि दिउँसो नेकपा एमाले निकट युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसार्इंको नेतृत्वमा काठमाडौंमा प्रदर्शनको आह्वान भएकाले प्रशासनले सम्भावित प्रदर्शन स्थल सँगै उच्च प्रशासनिक निकाय वरपरको क्षेत्रका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *