• Home
  • ताजा समाचार
  • काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण सम्पन्न: १५ जना अतिगम्भीर
Image

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण सम्पन्न: १५ जना अतिगम्भीर

काठमाडौँ – गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा घाइते भएकाहरूको जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले वर्गीकरण सम्पन्न गरेको छ। आजसम्म प्राप्त विवरण अनुसार कूल १६९ जना घाइतेको वर्गीकरण गरिएको जिप्रका काठमाडौँले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालका अनुसार घाइतेहरूको वर्गीकरण दुई चरणमा गरी चार समूहमा विभाजन गरिएको हो:

  • अतिगम्भीर घाइते: १५ जना

  • गम्भीर घाइते: ५१ जना

  • मध्यम घाइते: ३६ जना

  • सामान्य घाइते: ६७ जना

वर्गीकरण प्रक्रिया

रिजालले वर्गीकरणको काम यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी सम्पन्न गरिएको जानकारी दिनुभयो।

  • अशक्तहरूको हकमा: उपचाररत अस्पतालमै गएर टोलीले वर्गीकरण गरेको।

  • प्रशासन कार्यालयमा आउन नसक्नेलाई: एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो।

सेवा सुविधाको व्यवस्था

जिप्रका काठमाडौँले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस पठाउने जनाएको छ। सोही सिफारिसका आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउनेछ।

जेनजी प्रर्दशनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र उपलब्ध गराएको थियो।

Related Posts

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni ५ घण्टा अगाडि

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ५ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *