• Home
  • Uncategorized
  • कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
Image

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं २८ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका विषयमा छलफल हुनेछ । साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउपछि सरकारको नेतृत्व गर्दै आएको माओवादीप्रति कांग्रेस सांसदहरूले आशंका व्यक्त गर्दै आएका छन् ।

शर्मा पक्राउपछि उत्पन्न परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणमा लिनुको साथै राहातका कार्यक्रमहरू सञ्चालन गर्न कांग्रेसले शुक्रबार नै सरकारको ध्यानाकर्षण गराएको छ । साथै, तराई मधेसमा समयमा पानी नपर्दा किसानले खेत रोप्न नपाएको भन्दै प्रभावितहरूलाई राहत दिन कांग्रेसले आग्रह गरेको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ३ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *