• Home
  • अन्तराष्ट्रिय खबर
  • कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने
Image

कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने

काठमाडौं, २१ मंसिर ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिबेदनलगायत १७ वटा अभियोग लगाइएको बिबीसीले जनाएको छ । 

ट्रम्प अर्गनाइजेसन पूर्वराष्ट्रपतिको पर्यायवाची हो ।  तर, ट्रम्प र उनको परिवारका सदस्यहरू व्यक्तिगत रूपमा सुनुवाईमा सहभागी भएनन् । फैसलामाथि पुनरावेदन गर्ने प्रतिबद्धता जनाउँदै ट्रम्पले आफू दुःखित भएको बताए ।

कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्क रहेको अभियोजनकर्ताले बताएका छन् ।

कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ । अर्गनाइजेस दोषी ठहर भएसँगै सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्ने अनुमान गरिएकाे छ ।
 


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *