काठमाडौं । जेठ २४ गते
आज कर्णाली प्रदेश सरकारले प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।
आज प्रदेश सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।
















