Image

कर्णाली प्रदेशका संरचना अझै लुम्बिनीमा

काठमाडौं । असार २५ गते
भेरी अञ्चल हुँदा स्थापना भएका सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन भइरहेका हुन् ।कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखा कर्णाली प्रदेशमा अझै स्थापना हुन सकेको छैन । कर्णालीमा पूर्वाधारको अभाव देखाउँदै तालिम केन्द्र र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन हुँदै आएको छन् ।

यस्तै, संघीय प्रहरी इकाई, लागुऔषध शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगन्जबाटै सञ्चालित छन् । कुकुर शाखा पनि उतै हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता छ । जसले गर्दा अपराध अनुसन्धानमा ढिलाइ हुने गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । प्रहरीको तालिम केन्द्रका लागि १५ देखि २० बिघा जमिन चाहिन्छ । सोही अनुसारको जग्गाको संरचना वीरेन्द्रनगरमा अभाव देखिन्छ ।

कर्णाली प्रदेशका कानुनमन्त्री हिमबहादुर शाही संघीय सरकार अगाडि नबढ्दा समस्या आएको बताउँछन् । ुप्रदेश प्रहरी संगठनको बारेमा कानुनी मान्यताका हिसाबले पहिलो कुरा त संघ अगाडि बढ्नुपर्ने हो तर खासै ध्यान नजाँदा समस्या भएको होु, मन्त्री शाहीले बताए ।

प्रदेश प्रहरी कार्यालयले यसअघि नै भौतिक पूर्वाधार नहुँदा प्रदेश मातहतका तालिम केन्द्र र तालिमप्राप्त कुकुर बाँके मै राख्नुपरेको बताएको थियो । कानुनी अड्चन र भौतिक पूर्वाधार अभावले संरचना आउन नसकेको प्रहरीको भनाइ छ ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni ४ दिन अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni ४ दिन अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni ४ दिन अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *