• Home
  • Uncategorized
  • कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा
Image

कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा

जुम्ला, १३ चैत

प्रदेश लोकसेवा आयोग सुर्खेतका  सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको  बताएका छन् ।  उनले  दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएकाे बताए ।

दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र विकास निर्माणदेखि दैनिक सेवा प्रवाह प्रभावित भएको गुनासाे आइरहेकाे छ । जस कारण लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी भर्ना खोलेको छ ।

प्रदेशको पुँजीगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोजभित्र रिक्त रहेको ८ ६७ जना दक्ष जनशक्ति पदपूर्ति गर्ने लक्ष्यअनुसार काम भइरहेको लोक सेवा आयोग कर्णाली प्रदेशका सचिव भूपेन्द्र थापाले बताए  ।

केहि महिनाअघि प्रदेश लोक सेवा आयोग कर्णालीले सातवटै प्रदेशमध्य बढी संख्यामा मागअनुसार सहायक चौथोमा ३८५ जना, सहायक पाँचौँमा ८७८ जना र सहायक विभिन्न पदमा ४२ जनाको एकसाथ विज्ञापन गरेको छ । आगामी असोजसम्म सबै प्रक्रिया पूरा गरी कर्मचारी सम्बन्धित कार्यालयमा खटाइनेछ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *