Image

कर्णालीमा कति दल र मतदाता ?

काठमाडौँ, २ वैशाख

कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्य समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।

डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् ।

सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्य ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८ सय ५८ छ ।  दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ ।

कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । जुम्लामा, हुम्लामा र कालीकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *