• Home
  • ताजा समाचार
  • कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट
Image

कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट

२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए ।गत बिहीबार राति कम्बोडियामा आगलागीमा परी झापा घर भएका निराकारको निधन भएको थियो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *