• Home
  • अर्थ
  • ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा भन्ने हो : अर्थमन्त्री डा. महत
Image

ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा भन्ने हो : अर्थमन्त्री डा. महत

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यय वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् । 

छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक हुन्, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि । छलफलमा भाग लिँदा उनले करिब दुई घण्टा समय लिएका थिए । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताए । 

बजेटमा सांसदहरूले गरेको बहसले आफूलाई मिलेको हौसलाले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताएका उनले बजेटमा महत्वपूर्ण कुरा रहेको प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले लिएको समयले पुष्टि गर्ने बताए । 

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन्। यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ। होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो। त्यस अर्थमा मलाई खुसी लागेको छ,’ मन्त्री महतले भने । 
 

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ६ महिना अगाडि

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *