• Home
  • ताजा समाचार
  • एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्छः विष्णु पौडेल
Image

एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्छः विष्णु पौडेल

काठमाडौं, १६ मंसिर

एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने बताएका छन् । एमालेको नेतृत्वबिना देशले सही निकास पाउन नसक्ने भन्दै उनले निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि सरकार गठनका लागि एमालेले अगुवाइ गर्ने बताए ।

रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने छ,’ उनले भने ।

पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको पनि बताए । कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा रहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेन्डा लिएर एमाले चुनावमा गए पनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको बहुमत आउन नसकेको पौडेलले बताए । 

एमालेका शीर्ष नेताहरूलाई पराजित गर्ने योजना रहे पनि त्यो प्रयास सफल नभएको उनले बताए । ‘एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन, प्राप्त जनादेशलाई हामी स्वीकार गर्दै अगाडि बढ्छौं,’ पौडेलले भने । उनले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसात गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता जनाए ।

पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताए । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको अविस्मरणीय रहेको भन्दै सराहना गरे ।
 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *