• Home
  • प्रदेश नं २
  • एमालेका वडा कमिटी अध्यक्षसहित दर्जनाै लाेसपामा, कुर्मीले गरे स्वागत
Image

एमालेका वडा कमिटी अध्यक्षसहित दर्जनाै लाेसपामा, कुर्मीले गरे स्वागत

वीरगञ्ज, २३ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । लोसपा वीरगञ्ज महानगर अध्यक्ष शेख फिरोजको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमाले वडा इकाइ कमिटीका अध्यक्ष सम्सेरिन मंसुरीको नेतृत्वमा ५० जना लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अविर र माला लगाउँदै पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले स्वागत गरेका थिए ।

पार्टीमा स्वागत गर्दै कुर्मीले समयमै सही दिशामा आएको भन्दै सह्राना गरे । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका कुर्मीले लोसपा नै मधेशी समुदायको साझा पार्टी भएको जिकिर गरे । सिमान्तकृत समुदायका आवाजहरुको प्रतिनिधित्व लोसपाले नै गर्ने बताउँदै उनले अबको निर्वाचनमा लोसपाले राम्रो स्थान पाउने दावी गरे ।

लोसपाप्रति जनताको विश्वास रहेको बताउँदै उनले पुनः सत्ता गठबन्धनकै सरकार बन्ने बताए । प्रदेश सभा सदस्य हुँदा आफुले आफ्नो क्षेत्रमा गरेका कामकै मुल्यांकन गरेर पुनः आफुलाई मत दिन पनि उनले आग्रह गरेका छन् ।

सो अवसरमा लोसपाका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ हप्ता अगाडि

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ५ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *